१० चैत, काठमाडौं । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले ‘डिजिटल बैंकिङ’ सेवाको प्रयोगमा जोड दिन आग्रह गरेका छन् ।
देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिले मंगलबार जनकपुरमा रहेका वाणिज्य बैंकले ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने बताए । यो प्रविधिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पुर्याउने उनले बताए ।





