काठमाण्डौ । सेयर बजारमा सर्वसाधारणको आकर्षण अहिले निकै बढेको छ। जताततै सेयर बजारकै चर्चा चल्न थालेको छ।
कोरोना महामारीका कारण अरु क्षेत्र खस्किए पनि सेयर बजार पनि उचाइमा पुगेको छ। प्राथमिक बजारदेखि दोस्रो बजारसम्म अहिले सेयर कारोबार गर्ने संख्या दिनदिनै बढ्दैछ। कारोबार थपिएसँगै ब्रोकर हाउसहरुमा पनि निकै भीडभाड देखिन थालेको छ। यद्यपि ब्रोकर हाउसको महत्वपूर्ण पाटोका रुपमा रहेको डिस्प्ले नखुल्दा लगानीकर्ताहरु रुष्ट देखिएको छ।
ब्रोकर हाउसका डिस्प्लेमात्र होइन त्यहाँबाट प्रवाह हुने अन्य सेवाहरुबाट आमलगानीकर्ता सन्तुष्ट हुन सकिरहेका छैनन्। कतिपयले बढ्दो ब्रोकर सञ्चालक लगानीकर्तामत्रीभन्दा कमाउधन्दामा लागिरहेको आरोप लगाउने गरेका छन्।




