एटीएमबाट झिकियो ४ खर्ब ३ अर्ब, क्यूआर कोडमा क्रान्ति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटीएमबाट झिकियो ४ खर्ब ३ अर्ब, क्यूआर कोडमा क्रान्ति

पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएको छ । विद्युतीय भुक्तानी बढेसँगै नगदरहित कारोबार विस्तारै मौलाउन थालेको छ । तपाईं हामीले बोकर हिँड्ने एटीएमबाट मात्रै ४ खर्ब ३ अर्ब ५९ रुपैयाँ नगद झिकिएको छ । चालू आर्थिक वर्ष (२०७७/७८) को सात महिनामा एटीएमबाट सो रकम प्रयोगकर्ताहरुले झिकेका हुन् । माघ महिनामा मात्र ६० अर्ब रुपैयाँ  एटीएमबाट कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

एटीएमबाट मात्र होइन यस्तै पोइन्ट अफ सेल (पस) बाट पनि  १७ अर्ब ८८ करोड ६० लाख  भुक्तानी भएको छ । पीओएस मेसिनमा उपभोक्ताले आफ्नो एटीएम कार्ड स्वाइप गरेर भुक्तानी गर्छन् ।

एटीएम, वालेट, मोबाइल बैङ्किङ, पस, क्यूआरकोड, आरटीजीएस, ईसीसी, आईपीए, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैङ्किङ, ब्रान्चलेस बैङ्किङ र ई–कमर्समार्फत भएको सबै कारोबारलाई हेर्ने हो भने चालू आवमा २९ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ विद्युतीय कारोबार भएको छ  । आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन र बैङ्कसम्म सेवाग्राहीको उपस्थिति कम गर्न डिजिटलाइजेसनतर्फ बैङ्कहरु गएका छन् । ...

Read More