मेरो सेयर सफ्टवेयरमा समस्या आएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सिस्टममा समस्या आएको हो ।
मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएसँगै लगानीकर्ताहरुलाई प्राथमिक सेयर (आईपीओ) भर्न समस्या आएको छ। सिंगटी हाइड्रो इनर्जीको आईपीओ भर्ने दिन भोलि (मंगलबार) सम्म रहेको छ । मेरो सेयर सफ्टवेयरमा समस्या आएसँगै लगानीकर्ताले सास्ती बेहोर्नु परेको छ ।
अहिले मेरो सेयरको सफ्टवेयर डाउन गरेर समस्याको समाधान गर्ने काम भएको सीडीएसले जनाएको छ।





