राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरे ।
सम्झौतासँगै संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

Read More
  • MBL - below news