‘क्युआर कोड’को प्रयोगले पर्स बोक्ने बानी नै हरायो : गभर्नर अधिकारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘क्युआर कोड’को प्रयोगले पर्स बोक्ने बानी नै हरायो : गभर्नर अधिकारी

क्विक रेस्पोन्स कोड अर्थात् ‘क्युआर कोड’को प्रयोग र विस्तार दुई, अढाई महिनामा यो स्थितिमा पुग्ला भन्ने मैले सोचेको पनि थिइनँ । आज यो प्रविधि यो स्थितिमा आइपुगेको छ । यो प्रविधिको प्रयोग सजिलो छ । यसले हामीलाई दैनिक व्यवहारमा सजिलो बनाइरहेको छ ।

मैले सिन्धुली मन्दिरमा पुगेर पनि क्युआर कोड चलाएँ । बाटोमा जाँदा कैयौँ होटेल, रेस्टुरेन्टमा क्युआर नै प्रयोग गरेँ । तर, मलाई पशुपतिमा अप्ठ्यारो भयो । त्यहाँ उद्घाटन गर्न जाँदा असहाय, दीन–दुःखीलाई पैसा दिनुपर्ने, क्युआर कोडका कारण पर्स बोक्ने बानी नै हरायो । पर्स नै छैन, पैसा बोक्ने बानी नै छैन, अब कसरी नगद दिने ? सहयोगापेक्षीको पहुँच विद्युतीय भुक्तानी ग्रहणमा छैन, मसित नगद छैन । मलाई प्रविधिले यो अवस्थासम्म पु¥यायो । म आफैँ पुगेको हैन, प्रविधिले पु¥यायो । परिवर्तन यसरी नै आउने हो । यो प्रविधिको विशेषता एकदमै अनौठो छ ।

Read More