अब डलरमा खर्च गर्न बैंकबाट कार्ड पाइने, यस्ता छन् शर्त

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब डलरमा खर्च गर्न बैंकबाट कार्ड पाइने, यस्ता छन् शर्त

अब अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाइने भएको छ। स्वदेशका बैंकहरुमार्फत नै प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने भएको हो। 

invotech

यसअघिसम्म विदेशी कार्डमार्फत मात्रै भुक्तानी हुँदै आएको थियो। नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था थिएन।

राष्ट्र बैंकले वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अख्तियारी दिइएको छ। 

परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ। कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान  विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।

bidh lab box ad 5

ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सो बरावरको परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ।

प्रयोगकर्ताले एकै पटक वा पटक-पटक गरी एक वर्षमा वढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्तेछन् सो प्रयोजनका लागि कार्ड जारी भई सक्रिय भएको दिनबाट समयावधि गणना शुरु हुनेछ।

Read More