२० प्रतिशत शेयर जारी गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२० प्रतिशत शेयर जारी गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुँदै

२० प्रतिशत शेयर जारी गर्न विद्यूतीय भूक्तानी सेवा प्रदायक कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने कम्पनीहरु पनि पब्लिक कम्पनीमा गएर सर्वसाधारणमा प्राथमिक सेयर जारी गर्नुपर्ने नियम ल्याएसँगै पब्लिक कम्पनीको रुपमा रुपान्त्रण हुन थालेका हुन् ।

 

विद्युतीय भुक्तानी सेवा प्रदायक इ-सेवा फोन पे प्रालि पनि पब्लिक कम्पनीमा जाने तयारी गरिरहेको छ । पहिला पब्लिकमा जान्छौं, त्यसपछि मात्र शेयर जारी गर्ने गरी तयारी गरिरहेको इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले बताए ।

‘केही समयभित्र पब्लिक जान समय लाग्ला,’ उनले भने, त्यसपछि मात्र सर्वसाधारणलाई शेयर जारी गर्ने छौं ।’
राष्ट्र बैंकले विद्युतीय भूक्तानी सेवा प्रदायक कम्पनीहरुलाई आईपीओ जारी गर्न प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा जाने भनेको छ । त्यही अनुसार प्राइभेट कम्पनीहरु धमाधम पब्लिक कम्पनीमा रुपान्त्रण हुन थालेका हुन् ।

आइएमई ग्रुप अर्थात चन्द्र ढकाल समूहको विद्यूतीय भुक्तानी सेवा प्रदायक कम्पनी आइएमइ डिजिटल सोलुसन प्राइभेट कम्पनीलाई पब्लिकमा रुपान्तरण गरेको छ । आइएमइ पे विद्यूतीय भुक्तानी सेवा प्रदायकको २० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरिरहेको छ ।

Read More