नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता भएको छ। विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको हो।

औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा दिइनेछ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद श्रेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाडौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल औषधि व्यवसायी संघ, काठमान्डौं जिल्ला शाखाको आयोजना गरेको कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका औषधिको थोक व्यवसायीहरुको उपस्थिति थियो।  

Read More