क्यूआर कोडको प्रयोग : एक महिनामा झन्डै दुुई अर्बको कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्यूआर कोडको प्रयोग : एक महिनामा झन्डै दुुई अर्बको कारोबार

काठमाडौँ, चैत ८ गते । पछिल्लो समय क्विक रेस्पोन्स कोड (क्यूआर कोड)मार्पmत हुने कारोबार रकम ह्वात्तै बढेको छ ।
चालू आर्थिक वर्षको माघ महिनामा मात्रै एक अर्ब ७१ करोड २० लाख रुपियाँ बराबरको कारोबार भएको छ । यस अवधिमा कारोबार भएको सङ्ख्या पाँच लाख ३५ हजार ७९० रहेको छ । चालू आर्थिक वर्षकै पुस महिनामा क्यूआर कोडमार्फत हुने कारोबार रकम एक अर्ब २४ करोड ५० लाख रुपियाँ रहेको थियो भने कारोबार सङ्ख्या पनि तीन लाख ७२ हजार १७६ रहेको थियो ।
यस्तै चालू आर्थिक वर्षको मङ्सिरमा क्यूआर कोडमार्फत हुने कारोबार रकम एक अर्ब २५ करोड ६० लाख रुपियाँ रहेको थियो भने कारोबार सङ्ख्या पनि तीन लाख ४३ हजार ५७४ रहेको छ ।
पुसमा नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी सुरुवात गर्नुभएको थियो । त्यसपछि त्यसको चर्चा हुन थालेको हो ।
राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई तीव्र रूपमा अगाडि बढाएसँगै सामान्य चिया पसलदेखि होटल, पसल, रेस्टुरेन्ट हुँदै ट्याम्पो, बस, ट्याक्सी चढ्दासमेत क्यूआर कोडमार्फ भुक्तानीको क्रम पनि सुरु भएको छ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेपछि नगद चाहिएन । एटीएम बुथ खोज्दै हिँड्ने र कोरोना लाग्ला कि भन्ने त्रास पनि हटेको छ ।

Read More