चैत ८ गते, आइतबार, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजना गरेको छ। नेप्सेले लघुवित्तको ९.१९ बोनस शेयर समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी १ हजार ३७१ रुपैयाँ तोकेको छ। नेप्सेले लघुवित्तको अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको छ। गत बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता एक हजार ४९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १८ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले पञ्चकन्या ब्याङ्कवेट, बनेपा, काभ्रेपलाञ्चोकमा सो सभा बोलाएको हो।
यसका साथै, स्वेडा लघुवित्तलाई प्राप्तिपश्चात शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।







