दोस्रो बजारमा शेयर कारोबार गर्ने साढे ६ लाख पुगे,अनलाइन प्रयोगकर्ता करिब पाँच लाख


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दोस्रो बजारमा शेयर कारोबार गर्ने साढे ६ लाख पुगे,अनलाइन प्रयोगकर्ता करिब पाँच लाख

दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ता करिब साढे ६ लाख पुगेका छन्। दैनिक शेयर कारोबार बढ्दै जाँदा लगानीकर्ता समेत बढ्दै गएका हुन्।

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता साढे ६ लाख पुग्दै गर्दा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या चार लाख ९९ हजार ६ सय ९३ पुगेका छन् भने अफलाइन (ब्रोकर कम्पनीबाट शेयर कारोबार) गर्ने लगानीकर्ताको सङ्ख्या दुई लाख ४३ हजार तीन सय ४८ पुगेको छ। अनलाइन र अफलाइन गरेर यति बेला शेयर कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या ६ लाख २७ हजार ६ सय ६२ छ।

दोस्रो बजार प्रविधि मैत्री हुँदै गएपछि अनलाइन प्रयोगकर्ता बढ्दै गएका हुन्। सबै जसो लगानीकर्ता अनलाइनमै कारोबार गर्न अभ्यस्त हुँदै गएपछि दोस्रो बजारमा शेयर कारोबारी बढ्दै गएका हुन्।

Read More