एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा कान्तिपथबाट एक जना पक्राउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा कान्तिपथबाट एक जना पक्राउ

काठमाडौं । काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । 

शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी वृत्त दरबारले जनाएको छ । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ । 

Read More