लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौँमा बिहान ११ बजे ७२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित चुक्ता पूँजीको २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, कम्पनीमा संस्थापक शेयरधनीहरुको तर्फबाट रिक्त एक जना सञ्चालक पदमा संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रा.लि.का प्रतिनिधि बिष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

Read More
  • MBL - below news