कनेक्ट आइपिएसमार्फत हुने डिजिटल भुक्तानीको सीमा बढेको छ।
नेपाल क्लियरिङ हाउसका अनुसार अब कनेक्ट आइपिएस डटकमबाट एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख रुपैयाँसम्मको थियो।
त्यस्तै कनेक्ट आइपिएसको मोबाइल एपबाट अब दैनिक २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएकोछ। यसअघि यस्तो सीमा १ लाख रुपैयाँसम्मको थियो।
‘राष्ट्र बैंकले पछिल्लो पटक डिजिटल भुक्तानीमा बढाएको सीमाअनुसार हामीले नयाँ व्यवस्था गरेका हौं’ नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान सिंह प्रधानले सेतोपाटीसँग भने ‘नयाँ व्यवस्था बुधबारबाटै कार्यान्वयनमा आएको छ।’





