टेलिकमको डिजिटल पेमेन्ट कम्पनी सञ्चालनको अन्तिम चरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
टेलिकमको डिजिटल पेमेन्ट कम्पनी सञ्चालनको अन्तिम चरण

सरकारका दुई ठूला संस्था नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्थापना हुन लागेको डिजिटल पेमेन्ट कम्पनी सञ्चालनको अन्तिम चरणमा छ । डिजिटल पेमेन्ट कम्पनीका लागि आवश्यक पूर्वाधार, जनशक्ति, कार्यालय व्यवस्थापन लगायत सम्पूर्ण पूर्वाधार तयार भइसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार यी पूर्वाधारको नेपाल राष्ट बैंंकले निरीक्षण समेत गरिसकेको छ । राष्ट्र बैंक डिजिटल पेमेन्ट कम्पनीहरुको नियामक निकाय समेत हो ।
राष्ट्र बैंकको निरीक्षणसँगै अब चाँडै लाइसेन्स पाउने अवस्था रहेको प्रबन्ध निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार कम्पनीले सञ्चालन अनुमति (लाइसेन्स) पाएको एक महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा अगाडी बढ्ने रणनीति लिएको छ । डिजिटल पेमेन्ट कम्पनी टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त सहायक कम्पनीका रुपमा रहनेछ भने यसमा टेलिकमको ६२ प्रतिशत तथा बैंकको ३८ प्रतिशत लगानी रहेको छ ।

Read More