बढ्दो अनलाइन कारोबार, वालेटबाट सबैभन्दा धेरै पटक काराेबार, क्युआर कोर्डबाट हुने भुक्तानी पनि बढ्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बढ्दो अनलाइन कारोबार, वालेटबाट सबैभन्दा धेरै पटक काराेबार, क्युआर कोर्डबाट हुने भुक्तानी पनि बढ्दै

कोरोना महामारीपछि क्यासलेस काराेबार निकै बढेको छ जसले गर्दा पछिल्ला महिनाहरुमा विद्युतीय कारोबार क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ।

केन्द्रिय बैंकको तथ्याँक अनुसार गत माघ महिनामा मात्रै २९ खर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ। यसमा आरटिजिए मार्फत मात्रै १७ खर्बको कारोबार भएको छ।

एटिएमबाट ६० अर्ब बढी कारोबार

माघ महिनामा एटिएमबाट मात्रै ६० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ। केन्द्रिय बैंकको तथ्याँक अनुसार माघ महिनामा एटिएम मार्फत ६० अर्ब २८ करोड रुपैयाँ कारोबार भएको हो।

गत पुस महिनामा यस्तो कारोबार ५६ अर्ब थियो भने मंसिरमा ५५ अर्ब मात्रै थियो।

कनेक्ट आइपिएसबाट एक खर्ब बढीको कारोबार

माघ महिनामा कनेक्ट आइपिएसबाट मात्रै १ खर्ब माथिको कारोबार भएको छ। पछिल्लो समय शेयर कारोबारको भुक्तानी समेत कनेक्ट आइपिएसबाट हुन थालेसँगै यस्तो कारोबार ह्वातै बढेको हो।

गत साउनमा कनेक्ट आइपिएसबाट ४७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा भदौमा ६१ अर्ब, असाेजमा ८८ अर्ब, कार्तिकमा ७३ अर्ब, मंसिरमा ९० अर्ब, पुसमा १ खर्ब र माघ महिनामा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। पछिल्लो तथ्याँकलाई हेदा हरेक महिना यस्तो कारोबार बढ्दो क्रममा देखिएको छ।

मोबाइल बैंकिङ्गको कारोबार पनि बढ्दै

पछिल्लो समय मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार पनि निकै बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा २० अर्ब रुपैयाँ मात्रै कारोबार भएकोमा माघमा ३८ अर्ब माथि पुगेको छ। तथ्याँक अनुसार मघ महिनामा मोबाइल बैंकिङ्गबाट मात्रै ३८ अर्ब ५९ करोड रुपैयाँ करोबार भएको छ।

इन्टरनेट बैंकिङ्गबाट ९ अर्ब २२ करोड कारोबार भएको छ।

क्युआर कोर्डको लोकप्रियता बढ्दै

पछिल्ले समय क्युआर कोर्डमार्फत हुने भुक्तानी बढ्दै गएको छ। केन्द्रिय बैंकले पनि क्युआर कोर्डमार्फत हुने कारोबारलाई प्रोत्साहन गरेपछि यस्तो कारोबार बढेको हो।

तथ्याँक अनुसार माघ महिनामा क्युआर कोर्डमार्फत १ अर्ब ७१ करोड रुपैयाँ कारोबार भएको छ। गत साउनमा जम्ममा ५८ करोड रुपैयाँ मात्रै कारोबार भएको थियो। सो पश्चात यस्तो माध्यमबाट हुने कारोबार क्रमशः बढ्दो क्रममा छ।

अहिले सामान्य चिया पसलदेखि तरकारी बजारसम्म भुक्तानीको लागि क्युआर कोड प्रयोग हुने गरेको छ। केन्द्रिय बैंकले पनि क्युआर कोर्डमार्फत भुक्तानी गर्न आग्रह गर्दै आएको छ। यसले गर्दा क्युआर कोडमार्फत हुने कारोबार बढेको हो।

वालेटमार्फत सबैभन्दा धेरै पटक कारोबार ...

Read More