नेपालकी पहिलो महिला डेपुटी गभर्नरको कथा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालकी पहिलो महिला डेपुटी गभर्नरको कथा

मानिसले सोचेको जब पूरा हुन्छ नि तब सारा संसार नै उसकै पक्षमा छ जस्तो अनुभव गर्छ । त्यसपछि आउन थाल्छ हिम्मत, आत्मविश्वास र खुसी । अनि आउँछ नयाँ उत्साहका साथ काम गर्ने जाँगर पनि । बैङ्किङ इतिहासमा पहिलो महिला डेपुटी गभर्नर बनेर इतिहासमा नाम लेखाउन सफल भएकी डा. निलम ढुङ्गानालाई पनि अहिले त्यस्तै सोच आउन थालेको उनका अभिव्यक्तिबाट बुझ्न कठिन छैन । उनमा छुट्टै खालको उत्साह र खुसी  देखिन्छ ।

 

जब उनी राष्ट्र बैङ्कमा तेस्रो नम्बरकी  कार्यकारी निर्देशक भइन् त्यतिबेलादेखि नै आफूलाई डेपुटी गभर्नरको दाबेदार सोच्न थालिसकेकी थिइन् ।  समावेशी बनाउनका लागि पनि यस पटक सरकारले आफूलाई चयन गर्छ भन्नेमा उनी विश्वस्त भइन् । आखिर हुन पनि उनले सोचेजस्तै भयो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक नहुँदै उनी विभिन्न सञ्चार माध्यममा छाइन्– नेपालकी पहिलो महिला डेपुटी गभर्नर बनेर ।

Read More