'नबिलले युनाईटेड फाइनान्सलाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा'


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'नबिलले युनाईटेड फाइनान्सलाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा'

नबिल बैंक Nabil Bank Limited  ले युनाइटेड फाइनान्स United Finance Limited लाई प्राप्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बैंक स्रोतका अनुसार प्राप्तिको लागि प्रक्रिया अन्तिम चरणमा रहेको र जुनसुकै बेला प्राप्तिको सम्झौता हुनसक्ने छ । 

स्रोतका अनुसार प्राप्तिको लागि बैंक र फाइनान्सबीच धेरै चरणमा वार्ता भईसकेको छ र अहिले पनि अन्तिम चरणको वार्ता जारी छ । सम्झौता हुने पक्कापक्की जस्तै रहेको स्रोतको दाबी छ । 

बैंक र फाइनान्समा दुवै संस्थामा चौधरी ग्रुपको ठुलो हिस्सा लगानी छ ।  एकै समुहको लगानी भएकोले नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने चर्चा चलेको थियो। 

Read More