लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बढेपछि इन्टरनेट सेवाको ‘लाइसेन्स’ शुल्क २० लाख पुर्याइदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बढेपछि इन्टरनेट सेवाको ‘लाइसेन्स’ शुल्क २० लाख पुर्याइदै

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको ‘लाइसेन्स’ शुल्क बढाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको अनुमति पत्र(लाइसेन्स) वितरण प्रणालीलाई व्यवस्थित र नियमन गर्न यस्तो नीति लिने भएको हो ।

 

खासगरी ‘लाइसेन्स’ शुल्क सस्तो भएका कारण अनुमति पत्र लिएर लाइसेन्स होल्ड गर्ने र सेवा सञ्चालन नगर्ने प्रवृति बढेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ इन्टरनेट सेवाको लाइसेन्स शुल्क बढाउने भएको हो ।

अब नयाँ इन्टरनेट सेवा दिने कम्पनीको अनुमति पत्र लाइसेन्सको लागि २० लाख रुपैयाँ तोकिने भएको छ । यस अघि इन्टरनेट कम्पनीको लागि तीन लाख मात्रै लाइसेन्स शुल्क लिने व्यवस्था थियो ।

त्यस्तै इन्टरनेट सेवाप्रदायकले प्रत्यक ५÷५ बर्षमा लाइसेन्स नवीकरण गर्दा अनुमति पत्र शुल्कको ९० प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । अब नयाँ ‘लाइसेन्स’  शुल्क २० लाख रुपैयाँ कार्यान्वयन भएपछि सेवाप्रदायकले नवीकरण बापत १८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

नेपालमा अहिले एक सय ३० ओटा भन्दा बढी इन्टरनेट सेवाप्रदायकले प्राधिकरणबाट अनुमति पत्र लिएका छन । प्राधिकरणको पुससम्मको एमआर्र्ईएस रिपोर्ट अनुसार ४० वटा भन्दा कम इन्टरनेट कम्पनी सञ्चालनमा रहेका छन् ।

Read More