डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख नजिक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख नजिक

काठमाडौं । डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३  लाख  नजिक  पुगेको  छ ।  पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र  सार्वजनिक  सेयर  निष्कासन  (आईपीओ)मा सर्वसाधारणको  आकर्षणले  डिम्याट  खोल्नेको सङ्ख्या बढिरहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका  अनुसार  सोमबारसम्म  ३२  लाख  ११ हजार ४१६ पुगेको छ । उक्त  लिमिटेडमा  अनुसार  झन्डै  ३३  लाख डिम्याट  खातामा  छ  अर्ब  २६  करोड  १८  लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ ।

फागुनमा मात्रै  झन्डै  चार  लाख  डिम्याट  खाता  थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिएध्रसर्वसाधारणका लागि पछिल्लो समयमा  हात  खाली  नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको  नेपाल  रिइन्स्योन्स  कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले आईपीओतर्फको   आकर्षण बढाएका छन् ।

 

Read More