नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आजै दिउँसो ३ बजे सो ट्रेजरी बिलको बोलकबोल भएर भोलि चैत्र ३ गते बिक्री हुने जनाएको छ ।

 

राष्ट्र बैंकले उक्त ट्रेजरी बिल २०७८ साल असार १ गते परिपक्क हुने जनाएको छ भने १८२ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल पनि बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ २९ गते परिपक्क हुनेछ ।

Read More