क्यान इन्फोटेक वैशाख २८ गतेदेखि हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्यान इन्फोटेक वैशाख २८ गतेदेखि हुने

यस वर्षको क्यान इन्फोटेक आगामी वैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल (क्यान) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।

क्यान इन्फोटेक वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमाभन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो । कोरोना संक्रमणको जोखिम कम भइनसकेकाले मेलामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड भने पालना गरिने आयोजकले जनाएको छ ।

क्यान इन्फोटेकको प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ । ...

Read More