आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी

विराटनगर-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताएका छन् ।
उद्योग संगठन मोरङको ४८औं साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले सरकार र निजीको सहकार्यले मात्रै मुलुकको आर्थिक विकास हुने बताए । उनले भने, “निजी क्षेत्र अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ । ढुक्क भएर तपाईंहरू आ–आफ्नो क्षेत्रमा लगानी गर्नुहोस् ।”

उद्योगी व्यवसायीलाई सरकारले दिएको पुनरकर्जालगायतका प्याकेजले उद्योगीहरूलाई राहत मिलेको उनको भनाइ थियो । निजी क्षेत्रले पनि समृद्धि नेपाल बनाउन विभिन्न योजना अघि सारेको बताउँदै अधिकारीले भने, “समृद्धि नेपाल बनाउने सपना साकार बनाउन सरकार कटिबद्ध छ ।” उनले हालसम्म १ खर्ब पुर्नकर्जा वितरण गरिसकेको जानकारी दिए । अधिकारीले साउनदेखियता मात्रै १ खर्बभन्दा बढी सहुलियत कर्जा बैंकहरूमार्फत प्रवाह भइसकेको बताए । कोरोनाले समस्या मात्रै नभई अवसर पनि सिर्जना गरेको उनले स्पष्ट पारे । “डिजिटल कारोबारलाई कोरोनाले व्यापक बनाउन सहयोग गरेको छ,” अधिकारीले भने, “जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ । कोरोनाले हामीलाई धेरै सिकाएको छ, डिजिटल कारोबार ह्वात्तै बढेको छ ।”

Read More
  • MBL - below news