महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर बसेका देवकोटा आज महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका छन् । 

२०७६ साल बैशाख १ गते देखि सिटिजन्स बैंकको डेपुटी सीईओ बनेका देवकोटा अनुभवी बैंकरका रूपमा चिनिन्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।

बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव भएका देवकोटाले नेपाल बैंकमा पनि काम गरेका थिए ।

Read More
  • MBL - below news