काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि जानकी मन्दिर, जनकपुरमा क्युआर कोडबाट सम्पर्क रहित भेटी चडाउने सेवा सुरु गरेको छ ।
बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको पनि उपस्थिती रहेको थियो ।






