काठमाडौं । एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुटको व्यबस्था सहित समझदारी गरिएको छ ।
एनएमबि बैँकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा एनएमबिका रिटेल बैँकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका छन् ।






