अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या ४ लाख ४५ हजार, कुन ब्रोकरका ग्राहक कति?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या ४ लाख ४५ हजार, कुन ब्रोकरका ग्राहक कति?

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या ४ लाख ४५ हजार ३५३ पुगेको छ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार ५० वटा ब्रोकर कम्पनीको टिएमएस प्रयोग गरी सो संख्याले सेयर कारोबार गर्ने गरेका छन्। 

हालसम्म दोस्रो बजारबाट सेयर कारोबार गर्नेको संख्या ५ लाख ९४ हजार ८७९ छ। कारोबार गरेकामध्ये अनलाइनमा आबद्ध ग्राहक संख्या करिब डेढ लाखले कमी देखिन्छ। 

ब्रोकर नम्वर ५८ नासा सेक्युरिटीजका अनलाइन ग्राहक संख्या सबैभन्दा धेरै ४१ हजार ९०२ छन्।  पछिल्लो समय प्राथमिक बजारमा संलग्न ग्राहक संख्या करिब १८ लाख पुगेको छ। प्राथमिक बजारमा आवद्ध भइकन पनि दोस्रो बजारमा करिब १३ लाख ग्राहक आवद्ध भएका छैनन्। 

Read More