छ महिनामा ४० करोडको इन्टरनेट ब्यान्डविथ आयात


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
छ महिनामा ४० करोडको इन्टरनेट ब्यान्डविथ आयात

चालू वर्ष (२०७७/०७८) को पहिलो छ महिनामा ४० करोडको इन्टरनेट ब्यान्डविथ आयात भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउनदेखि पुषसम्म ब्यान्डविथ तथ अन्य सेवा प्रयोग गरेबापत भुक्तानी गर्न ४० करोड १४ लाख रुपैयाँ विदेशी मुद्रा सिफारिस गरेको छ।

अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्ने दूरसञ्चार सेवाप्रदायकको मागअनुसार प्राधिकरणले यस्तो मुद्रा विदेश पठाउन सिफारिस गरेको हो।

सिफारिसअनुसार सेवाप्रदायकले विदेशमा भुक्तानी गर्न पाउछन्।

त्यस्तै यो अवधिमा ३९ करोडको उपकरण खरिदको भुक्तानी गर्न प्राधिकरणले विदेशी मुद्राको सिफारिस गरेको छ।

Read More