धितोपत्र बजार जोखिम र प्रतिफलको बजार हो। यहा हल्लाको भरमा लगानी गर्ने डुब्छन् र अध्ययन तथा विश्लेषण गरी लगानी गर्नेले प्रतिफल पाउछन्।
बिना अध्ययन र विश्लेषण, धितोपत्र बजारमा प्रवेश गर्नु आँखा चिम्लेर कुवामा हामफाल्नु जस्तै हो।
विगतका समयमा बजारमा दुई प्रकारको विश्लेषण प्रचलित थियो। ती हुन् आधारभूत र प्राविधिक। तर, पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै लगानीकर्ताहरुले अर्को बजारमा अर्को पनि विश्लेषण गर्न थालेका छन्। त्यो हो, फ्लोरसिट विश्लेषण अर्थात फ्लोरसिट एनालाइसिस।
पछिल्लो समयमा फ्लोरसिट एनालाईसिस शेयर बजारमा दोस्रो बजारको बारेमा अध्ययन गर्ने एउटा महत्वपुणर् टुल बनेको छ। प्राविधिक र आधारभूत विश्लेषण जस्तै नेप्सेको फ्लोरसिटमा उपलब्ध तथ्यांकहरुलाई अध्ययन र विश्लेषण गर्ने कार्यलाई फ्लोरसिट एनालाईसिस भनेर बुझ्न सकिन्छ।
बजारको ट्रेण्डलाई पछ्यााउदै फ्लोरसिटको अध्ययन गर्नुलाई फ्लोरसिट एनालाईसिस भनि बुझ्न सकिन्छ। यसले लगानीकर्तालाई शेयर कारोबारको लागि विश्लेषण गर्न थप सहज हुन्छ।
फ्लोरसिटले लगानीकर्तालाई कुन कम्पनीको शेयर कति मूल्यमा बिक्री भइरहेको छ भन्ने थाहा पाउन मद्दत गर्दछ। बजारमा कारोबार भएको कुनैपनि दिन कुनै पनि कम्पनीको शेयर कति मूल्यमा कारोबार भयो? भन्ने फ्लोरसिटमा हर्न सकिन्छ। यस्तै, फ्लोरसिटमा कुन कम्पनीको शेयर कुन ब्रोकरले किनेको छ?कति रुपैयाँमा कति कित्ता खरिदबिक्री भएको छ? कुनब्रोकरले बढी कुनले कम कारोबार भएको छ?जस्ता सबै जनाकारीहरु फ्लोरसिटमा विस्तृतमा हेर्न सकिन्छ।
फ्लोरसिटबाट लगानीकर्ताले ब्रोकर कम्पनीहरुले आक्रामक रुपमा खरिद गरिरहेको तथा बिक्री गरिरहेको शेयरको विश्लेषण गर्न सहयोग पुग्छ भने लगानीकर्ता तथा ब्रोकरको रोजाइमा कुन स्टक छ भन्ने थाहा पाउन सहयोग समेत पुग्छ। यसले लगानीकर्तालाई शेयर खरिदबिक्रीको निणर्य गर्न पनि सहयोग पुग्छ। फ्लोरसिट एनलाइसिस गरेर लगानीकर्ताहरुले कुन स्टकमा लगानी गर्ने भन्ने निणर्य गर्न समेत सहयोग पुग्छ।
पछिल्लो समय फ्लोरसिट एनालाइसिस निकै लोकप्रिय हुँदै गइरहेको छ। फ्लोरसिट एनालाईसिस गरी लगानीकर्ताहरुले शेयर खरिद गर्ने कि बिक्री गर्ने भन्ने कुराको निणर्य गर्न गरिहेका छन्।
किन गर्ने फ्लोरसिट एनालाईसिस?
पछिल्लो समय फ्लोरसिट एनलाईसिस गरेर लगानीको रणनीति बनाउन समेत थालिएको छ। टेक्निकल र फण्डामेन्टल एनालाईसिस गरेर लगानी गरेजस्तै फ्लोरसिट एनालाईसिस गरेर पनि लगानीकर्ताहरुले लगानीको निणर्य गरिरहेका छन्।
फ्लोरसिट र भोलुमको कारोबार हेरेर लगानी रणनीति बनाउने गरेको युवा लगानीकर्ता देवेन्द्र ताम्रकार बताउछन्। ‘फ्लोरसिटमा कुन ब्रोकरले कति शेयर उठाई रहेका छन्? त्यो फेक वा रियल खरिदकर्ता हो कि होइन? त्यो हेर्छौं। यस्तै, चलिरहेको बजारमा भोल्युमले ब्रेक आउट गरेको छ कि छैन? टेक्निकल्ली कन्र्फमेशनको लागि पनि फ्लोरसिट हेर्न गरेका छौँ,’ उनले भने। ...








