ज्योति विकास बैंकले रु. १.५ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज कति पाइन्छ ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकले रु. १.५ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज कति पाइन्छ ?

काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक, ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

ज्योति विकास बैंकले १० वर्षे अवधिको ‘९% १० वर्षे ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बैंकले निश्कासन गर्न लागेको ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतको दरले ब्याज पाउनेछन् । अहिलेको अवस्थामा ९ प्रतिशत वार्षिक ब्याज भने बैंकहरुले मुद्धती बचतमा दिइरहेको ब्याजदर भन्दा बढी हो । 

बैंकले १००० रुपैयाँ दरका १५ लाख इकाई ऋणपत्र निश्कासन गर्नेछ । कुल इकाईमध्ये ९ लाख प्राइभेट प्लेसमेन्टका आधारमा र ६ लाख पब्लिक इस्यूको रुपमा निश्कासन हुनेछ । 

Read More