मनकामना स्मार्ट लघुवित्तले पायो बीबी माइनस रेटिङ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मनकामना स्मार्ट लघुवित्तले पायो बीबी माइनस रेटिङ

फागुन २६, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले इक्रा नेपालमा रेटिङ गराएको छ । 
 

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर बिबि माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनी समयमा वित्तीय दायित्तव पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ ।

यस्ता कम्पनीमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र हो, यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ । 

कम्पनीले  ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फागुन १४ गते निवेदन दिएको छ ।  कम्पनीले यसअघि नै आईपीओ निष्कासनको विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । 

Read More
  • MBL