‘डिजीटल कारोबार गर्दा पैसा हराउँछ कि भन्ने अझै भ्रम छ’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘डिजीटल कारोबार गर्दा पैसा हराउँछ कि भन्ने अझै भ्रम छ’

माछापुच्छ्रे बैंक डिजिटल बैंकिङको मामिलामा पहिलेदेखि नै अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रेसिभ देखिन्छ, पछिल्लो समय तपाईहरुले रेमिट्याप भन्ने डिजिटल सेवा ल्याउनु भयो । जुन नेपालको वाणिज्य बैंकिङ इतिहासमै पहिलो भएको भनेर दाबी गरिरहनु भएको छ । यसको बारेमा अलि विस्तृत रुपमा बताइदिनुस्  । 

बजारमा अन्य वालेट सुविधाहरु छँदै छन् र अहिले झनै यसको संख्या थपिदैछ । यस्ता विभिन्न वालेटहरुले मार्केट होल्ड गरिरहेका छन् । हाम्रो पनि मोबाइल बैंकिङ त छदैछ । जसबाट हामीले हाम्रा ग्राहकहरुलाई विभिन्न सेवाहरु दिइरहेका छौँ । तर हाम्रा १० लाख ग्राहकभन्दा बाहिरको जुन जनसंख्या छ, जसको बैंकमा सहज पहुँच छैन, त्यस्तालाई समेट्नका लागि हामीले यो सेवा ल्याएका हौँ । बैंक भनिसकेपछि हामीसँग स्र्टेन्थ छ, टेक्नोलोजी छ र सँगसँगै बैंकिङ प्रडक्टहरु पनि छन् । त्यहि भएर बैंकले एउटा वालेट लञ्च गर्यो भन्नु बैंकिङ सुविधाहरु गाउँ गाउँमा पुर्याउनु हो । त्यसैले गाउँ गाउँमा बैंकिङ सेवा पुर्याउनका लागि नै हामीले पनि यो वालेट सेवा ल्याएका हौँ । 

Read More