कुमारी बैंकको ‘डिजिटल च्यालेन्ज’ योजना : विजेतालाई आइफोन १२


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकको ‘डिजिटल च्यालेन्ज’ योजना : विजेतालाई आइफोन १२

कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । विद्युतीय कारोबारको प्रवर्धन गर्ने उद्देश्यले योजना प्रस्तुत गरेको बैंकले जनाएको छ । विद्युतीय कारोबारको प्रयोग बढाउन बैंकले योजनामा संलग्न हुने ग्राहकलाई आकर्षक उपहारको समेत व्यवस्था गरेको छ । योजनाअन्तर्गत ‘कुमारी स्मार्ट’ प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये एकजनाले आइफोन १२ प्राप्त गर्नेछन् । विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । साथै, ५ जनाले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।

बैंकले योजनाको नाम ‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्री’ दिएको छ । योजनाअन्तर्गत ग्राहकले ३ चरणको काम सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । यसअन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी सर्वप्रथम ‘टप–अप’ गर्नुपर्नेछ । दोस्रोमा ‘फोन पे डिरेक्ट’को प्रयोग र तेस्रोमा ‘फोन पे क्युआर कोड’ स्क्यान गरी भुक्तानीको काम सम्पन्न गर्नुपर्नेछ । यी तीन काम सकेपछि मात्र ग्राहकले आइफोन १२ का लागि हुने ‘लक्की ड्र’मा सहभागी हुन पाउनेछन् ।

Read More
  • MBL