साइबर सुरक्षा बलियो बनाउन अडिटर छनोट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साइबर सुरक्षा बलियो बनाउन अडिटर छनोट

सरकारले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउने भएको छ । नेपालको साइबर सुरक्षालाई लिएर समय समयमा आवाज उठ्दै आएकोमा यसप्रति गम्भीर हुँदै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको साइबर सुरक्षा अडिट गराउन कम्पनी छनोट गरेको हो ।
प्राधिकरणले चालू वर्ष ०७७-७८ देखि लागू गरेको साइबर सुरक्षासम्बन्धी विनियमावलीको प्रावधानअनुसार सूचना प्रणाली अडिटर (आईएस अडिटर) र क्लाउड अडिटर कम्पनीहरूको रोस्टरलाई आइतबार अन्तिम रूप दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै ७ वटा कम्पनी छनोट गरेको जनाएको छ । आईएस र क्लाउड अडिटरको सूचीमा भारत र संयुक्त अरब (यूएई)सँगै नेपाली कम्पनी छन् । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सात कम्पनीमध्ये तीन कम्पनी भारतीय छन् । एउटा कम्पनी भने नेपाली र भारतीय संयुक्त हो । भारतीय कम्पनी एप्टिसा इण्डिया लिमिटेड, बीडीओ इण्डिया एलएलपी र प्राइसवाटर हाउस कुपर्स रहेको प्राधिरकणको सूचीमा उल्लेख छ ।
प्राधिकरणका अनुसार छनोट हुने अन्य कम्पनीमा भारतीय कम्पनी आनन्द जङ्गिद एण्ड एसोसिएट्स र एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन्ससँगको सहकार्यमा नेपाली कम्पनी आनन्द जङ्गिद एण्ड एसोसिएट्स छ । यूएईको एस–३ टेल पनि छानिएको छ । नेपाली कम्पनीहरू एमिनेन्स वेज र बिजसर्भ आईटीलाई प्राधिकरणले सूचना प्रणाली अडिटरको रूपमा छानेको छ । साइबर सुरक्षा बलियो बन्दै जाँदा आपराधिक गतिविधिमा कमी हुने अनुमान गर्न सकिन्छ ।

Read More