महामारीविरुद्ध स्थानीय स्वास्थ्य सेवाप्रदायकको क्षमता अभिवृद्धिमा नबिल बैंकको साथ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महामारीविरुद्ध स्थानीय स्वास्थ्य सेवाप्रदायकको क्षमता अभिवृद्धिमा नबिल बैंकको साथ

कोभिड–१९ महामारीविरूद्ध लड्न स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न संघसंस्थाको सहकार्यमा संयुक्त प्रयास सुरु भएको छ । विभिन्न क्षेत्र र प्रकृतिका पाँच संस्थाको संयुक्त पहलमा वित्तीय क्षेत्रको नबिल बैंकले साथ दिएको छ । स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एमओएचपी) स“ग समन्वय गरी नबिल बैंक, एसियाली प्रकोप तत्परता केन्द्र (एडिपिसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी) र चौधरी फाउन्डेसनले स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमताअभिवृद्धिको संयुक्त प्रयास थालेका हुन् । महामारीविरुद्धको तत्परतामा स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि यो नै पहिलो संयुक्त पहल भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार हालसम्म कर्णालीबाहेकका ६ प्रदेशमा महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । सार्वजनिक र निजी दुवै स्वास्थ्य सेवा र मानवीय संगठनका २ सय ८० भन्दा बढी अग्रपंक्तिका स्वास्थ्यकर्मीले सक्रिय रूपमा एकदिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएको बताइएको छ । कर्णाली प्रदेशमा आगामी साता कार्यक्रम हुने बैंकले जनाएको छ ।

Read More