बन्ला त ई–केवाईसी ‘बोरे प्रवृति’ को अचुक अस्त्र !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बन्ला त ई–केवाईसी ‘बोरे प्रवृति’ को अचुक अस्त्र !

काठमाडौं । धितोपत्र बजार अनलाइन प्रविधिमा गएर सिधै साधारण शेयर(आईपीओ) भर्न थालिएको करिब २८ महिना पुगिसक्दा पनि अझै आम बाठा नागरिकले अर्काको नाममा अझै आईपीओ भर्न छाडेका छैनन् । यसलाई नियन्त्रण गर्नको सिडिएससी एण्ड क्लियरिङ हाउसले ई–केवाईसीको सफ्टवेयर डेभलप गर्दैछ । ई–केवाईसी लागू भएपछि भने आईपीओमा देखिएको यो विकृति नियन्त्रणमा आउने विश्वास निमामक नियकाले लिएको छ ।  

नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) तथा सिडिएससी एण्ड क्लियरिङ हाउस मिलेर २०७५ कार्तिक २० गतेदेखि अनलाइनबाट आईपीओ भर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो । यहि बेलादेखि क्यापिटल मार्केटमा गएर लाइन बसेर शेयर भर्ने परम्पराको अत्य भएको हो । यो प्रणाली लागू भएपनि अझै एकै जनाले दर्जनौंको नामबाट आर्ईपीओ भर्ने ‘बोरे प्रवृत्ति’ भने रोकिएको छैन् ।

अनलाइन प्रविधिबाट आईपीओको आवेदन दिन थालिए पनि ‘बोरे प्रवृत्ति’ को अत्य भने नभएको सेबोनले बताएको छ । विभिन्न कम्पनीहरूको आर्ईपीओ जारी हुने क्रम धमाधम चलिरहेको छ ।  अर्काको नाममा बैंक खाता खोलेर आईपीओबाट लाभ लिने अझै धेरै छन् । 

Read More