८ अर्ब ५१ करोड नबिलबाट राष्ट्र बैंकको खातामा सार्दै महानगर


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
८ अर्ब ५१ करोड नबिलबाट राष्ट्र बैंकको खातामा सार्दै महानगर

२१ फागुन, काठमाडौं । काठमाडौं महानरपालिकाले निजी बैंकको खातामा रहेको ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रकम राष्ट्र बैंकको साधारण चालु खातामा लैजाने भएको छ ।

यसमध्ये १ अर्ब रुपैयाँ मुद्धति खाता थियो भने ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ ‘कल खाता’ मा थियो । 

महानगरले १० वर्षदेखि नबिल बैंकको मुद्धति खातामा मद्धतिमा ब्याज खानेगरी रकम राखिरहेको थियो, जसको वाषिर्क ब्याजदर ५.५ प्रतिशत थियो । कल खातामा एक प्रतिशतको हाराहारीमा मात्रै ब्याज आउँथ्यो ।

शुक्रबार नै नबिल बैंकबाट रकम निकालेर राष्ट्र बैंकमा रहेको सञ्चित खातामा राखिने महानगरका एक अधिकारीले बताए । ‘सञ्चित कोषको रकम मद्धति खाता राख्नु अनुचित हुने निष्कर्षका साथ रकम झिक्ने निर्णय लिएका हौं,’ उनले भने ।

Read More