नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १२ दिनमा करिब ७० हजार अनलाईन प्रयोगकर्ता बढेको विवरण सार्वजनिक गरेको छ। नेप्सेले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो १२ दिनमा अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या ६९ हजार ९२ ले बढेको हो।
फागुन ९ गतेसम्म ३ लाख ७६ हजार २६१ अनलाइन प्रयोगकर्ता रहेकोमा फागुन २० गते ५ लाख ४५ हजार ५३५ पुगेको छ। यस अवधिमा मात्रै अनलाइन कारोबारको लागि युजर र पसवर्ड लिनेको संख्या १८.३६ प्रतिशतले बढको हो।
यस अवधिमा सगरमाथा सेक्युरिटीजको अनलाइन प्रयोगकर्ता सबैभन्दा धेरै ३१.३७ प्रतिशत बढेको छ। यस अघि ५९३ रहेको अनलाइन प्रयोगकर्ता बढेर ७७९ पुगेका छन्।
अनलाइन कारोबारको लागि सबैभन्दा धेरै युजर र पासवर्ड वितरण गर्नेमा भने नासा सेक्युरिटीज रहेको छ। फागुन ९ गते सम्ममा नासाले ३६ हजार ३२७ जनालाई अनलाइन कारोबारको लागि युजर र आईडी वितरण गरेको नेप्सेको तथ्यांक छ। पछिल्लो १२ दिनमा नासाबाट अनलाइन युजर र पासवर्ड लिनेको संख्या १५.३५ प्रतिशतले बढेर ४१ हजार ९०२ पुगको छ।
सक्रिय क्लाइन्ट बढाउनेमा पनि नासा सेक्युरिटीज नै रहेको छन्। यस अवधिमा नासाको सक्रिय क्लाइन्ट १२ प्रतिशतले बढेर ३१ हजार १८४ पुगेको छ।





