स्थानीय स्वास्थ्य संरचना सुधारमा नबिल बैंकको साथ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्थानीय स्वास्थ्य संरचना सुधारमा नबिल बैंकको साथ

कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा, नेपाल सरकार 

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, एशियाली प्रकोप तत्परता केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र, चौधरी फाउण्डेसनले स्थानीय स्वास्थ्यकर्मी क्षमता वृद्धि संयुक्त पहल सुरु गरेको छ।

महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम ६ प्रदेशमा सम्पन्न भइसकेको बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ। अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन प्रकोप जस्ता महामारीमा स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने बैंकले जानकारी दिएको छ। 

Read More