मोबाइल बैंकिङको कारोबार सीमा बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मोबाइल बैंकिङको कारोबार सीमा बढ्यो

काठमाडौँ — राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । बुधबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो ।

नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङमा दैनिक २ लाख, इन्टरनेट बैंकिङ (मर्चेण्ट पेमेन्ट) र इन्टरनेट बैंकिङमा दैनिक २०/२० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । यसअघि मोबाइल बैंकिङमा दैनिक १ लाख, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) र इन्टरनेट बैंकिङमा दैनिक १०/१० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था थियो ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा पैसा रकमान्तर गर्न, सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिमाना, सवारी दस्तुर, रजिस्ट्रेसन, सेवा शुल्कजस्ता विविध शुल्क भुक्तानी गर्न, विद्युत् सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बिमा शुल्क, सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानी गर्न विद्युतीय कारोबारमा सीमा लागू नहुने राष्ट्र बैंकले प्रस्ट्याएको छ । यस्तै शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेस्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने रकम, सेयर कारोबारमा भुक्तानी गर्नुपर्ने रकम र राष्ट्र बैंकबाट अनुमति लिएका अन्य भुक्तानीका विशेष उपकरणको हकमा पनि सीमा नलाग्ने परिपत्रमा उल्लेख छ ।

Read More