बैंक तथा वित्तीय संस्थाबीच कसले कम ब्याजदरमा घर कर्जा दिने भन्ने प्रतिस्पर्धा चल्दा अहिले घर जग्गाको कारोबार फस्टाएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले घर कर्जा उपलब्ध गराउँदै आएका छन् ।
‘कस्ट अफ फन्ड’ धेरै हुँदा विकास बैंक र फाइनान्सको तुलनामा वाणिज्य बैंकको ब्याजदर केही महँगो पर्न जान्छ । तर, अहिले गत आर्थिक वर्षको बजेट समिक्षा अवधि (पौष मसान्तसम्म) को तुलनामा चालु आर्थिक वर्ष २०७७/०७८ मा वाणिज्य बैंकहरुले घर कर्जाको ब्याजदर क्रमशः घटाउँदै लगेका छन् ।
अहिले वाणिज्य बैंकबाट घर कर्जा लिन आधार ब्याजदर (बेस रेट) सिंगल डिजिट (एक अंक) को छ । कुनै पनि बैंकको बेसरेट १० प्रतिशत छैन । सस्तोमा ५.६१ प्रतिशतदेखि महँगोमा ८.४५ प्रतिशतसम्मको आधार ब्याजदरमा बैंकहरुले घर कर्जा उपलब्ध गराईरहेका छन् ।
कुन बैंकको ब्याजदर कति ?
चालु आर्थिक वर्षको पौष मसान्त सम्मको अवस्था हेर्दा बैंकहरुले गत वर्षको तुलनामा ब्याजदर उल्लेख्य मात्रामा घटाएका छन् ।
सूचीः
बैंकको नाम घर कर्जाको ब्याजदर (प्रतिशतमा)
सिभिल बैंक ८.४५
सिटिजन्स बैंक ८.२५
नेपाल बङ्गलादेश बैंक ८.००
एनसीसी बैंक ७.९४
कुमारी बैंक ७.९२
सेञ्चुरी बैंक ७.९१
प्राइम बैंक ७.८५
बैंक अफ काठमाण्डू ७.६७
कृषि विकास बैंक ७.६७
माछापुच्छ्रे बैंक ७.५६
नेपाल एसबीआई बैंक ७.४९
एनएमबी बैंक ७.४०
सिद्धार्थ बैंक ७.३८
मेगा बैंक ७.३५
सन्राइज बैंक ७.२९
प्रभू बैंक ७.२४
लक्ष्मी बैंक ७.२४
हिमालयन बैंक ६.८३
सानिमा बैंक ६.८३
ग्लोबल आईएमई बैंक ६.७६
एनआईसी एसिया बैंक ६.६५
नेपाल इन्भेष्टमेन्ट बैंक ६.५६
एभरेष्ट बैंक ६.३४
नेपाल बैंक ६.१९
स्ट्याण्डर्ड चार्टड बैंक ६.०७
नबिल बैंक ५.७६
राष्ट्रिय वाणिज्य बैंक ५.६१
यहाँ उल्लेख गरिएको ब्याजदर बैंकहरुको बेस रेट हो । यसमा केही मात्रै थप गरेर बैंकहरुले घर कर्जा उपलब्ध गराउने छन् । निजी क्षेत्रका बैंकको बेसरेट केही बढी हुनाले ब्याजदर पनि अलि बढी नै हुन जान्छ । कस्ट अफ फन्ड र बेस रेट बैंक अनुसार फरक–फरक हुने भएकाले बैंकहरुले फरक–फरक ब्याजदरमा घर कर्जाको स्किम ल्याउने गर्दछन् ।
निश्चित सेवा शुल्क ...







