बढ्यो मोबाइल तथा इन्टरनेट बैंकिङको कारोबार सीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बढ्यो मोबाइल तथा इन्टरनेट बैंकिङको कारोबार सीमा

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा बढाएको छ। विद्युतीय भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशनलाई संशोधन गर्दै राष्ट्र बैंकले यी दुई उपकरणको कारोबार सीमा बढाएको हो। 

अब मोबाइल बैंकिङमार्फत दैनिक २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ। यसअघि यो सीमा १ लाख रुपैयाँसम्मको थियो। 

त्यस्तै इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको सीमा दैनिक २० लाख पुर्याइएको छ। यसअघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो। 

कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न यो सीमाले बाधा नपुर्याउने राष्ट्र बैंकले जनाएको छ। 

Read More