क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।
पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक तथा भुक्तानी सेवा प्रदायकले क्युआर कोड लिने संघसंस्थासँग भने शुल्क लिन पाइने व्यवस्था गरिएको छ ।
मोबाइलमार्फत् क्युआर कोड स्क्यान गरी सिधै खातामा रकम भुक्तानी गर्न सकिने सेवा पछिल्लो समय लोकप्रिय भइरहेको छ । सपिङ मल, रेष्टुरेन्ट, होटलदेखि सामान्य पसलमा समेत यसको प्रयोग भइरहेको छ ।

Read More