काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्यूआर मापदण्ड तथा मार्गदर्शन) जारी गरेको छ । केन्द्रीय बैंकले बजारमा छुट्टाछुट्टै रुपमा प्रयोग भइरहेका क्यूआरहरु आपसमा जोड्ने मापदण्ड तयार पारेको हो ।
मार्गदर्शनमा इन्टरअपरेबिलिटी अर्थात् एउटा पीएसओको क्यूआरमा अर्को पीएसओ अन्तर्गतका भुक्तानी सेवाप्रदायक तथा मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ ।
क्यूआर भुक्तानी गर्दा देशभित्रै एउटा पीएसओबाट अर्कोमा राउट हुनुपर्नेछ । हाल भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) अन्तर्गत प्रयोगमा रहेका क्यूआरहरु नेपाल क्यूआरमा स्थानान्तरण हुनुपर्नेछ । त्यसका लागि नेपाल राष्ट्र बैंकले निश्चित म्याद तोक्ने बताइएको छ ।...





