विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha को विशेष साधारण सभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । फागुन १५ गते विजय विकास स्रोत केन्द्र गैडाकोट, ८ मा सम्पन्न विशेष साधरण सभाले प्राप्ति गर्ने प्रयोजनको लागि मुल्याँकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको विजय लघुवित्त र खप्तड लघुवित्तको शेयर स्वाप अनुपात १ः०.८५ कायम गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।
विशेष साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र या , सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकन प्रतिवेदन, प्राप्ति गर्ने र हुने सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवम्सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन गर्नुको साथै दुई पक्ष बीच सम्पन्न अन्तिम सम्झौतापत्र समेत स्वीकृत गरको छ । प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात हुने संस्थाको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएकोछ ।



