पाल्पामा एकैदिन ११८ क्यूआर कोड वितरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पाल्पामा एकैदिन ११८ क्यूआर कोड वितरण

पाल्पा जिल्लामा डिजिटल प्रविधी मार्फत बैंकिंङ्ग सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई शुरुवात गरिएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपाने र तानसेन नगरपालिकाका मेयर अशोक शाहीले पानसमा बत्तीबालेर शुभारम्भ भएको कार्यक्रमम ापाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरु गरि ११८ जनालाई क्युआर वितरण गरि तानसेनमा क्युआर कोडको माध्यमबा टभुक्तानी कार्यको शुरुवात गर्नु भयो । नेपाल बैंक लिमिटेड पाल्पा शाखाले क्युआर कोड प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गांउगांउसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान थालेको बताउदै यो प्रविधी सुरक्षित, सजिलो र सर्वसाधारण्को पहुंचसम्म पुर्याउन कम खर्चिलो भएकोले क्युआर कोडबाट भूक्तानी गर्न सर्वसाधारणलाई अभिप्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले यसलाई अझ विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थाको ठुलो भूमिका हुने बताउनु भयो ।

Read More