काठमाडौं : आरबीबी मर्चेन्ट बैंकिङले पनि म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । कम्पनीले ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आरबीबी मर्चेन्ट बैंकिको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । धितोपत्र बोर्डबाट अुनमति पाएपछि प्रतिइकाई १० रुपैयाँको दरमा यो म्युचुअल फन्ड जारी हुनेछ ।
पछिल्लो समय पुँजी बजारमा म्युचुअल फन्डहरुको उपस्थिति बाक्लो बन्दै गएको छ । हाल नेप्सेमा २० वटा म्युचुअल फन्ड सूचीकृत छन् । यता, धितोपत्र बोर्डमा आरबीबीसहित कुल ८ वटा म्युचुअल फन्ड निष्कासन अनुमतिको पर्खाइमा रहेका छन् ।






