बैंकहरुले अबदेखि विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकहरुले अबदेखि विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तिय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकालाई संसोधन गर्दै सो व्यवस्था गरेको हो । 
निर्देशिकाको बुँदा नम्बर १६ को उपबुँदा ‘क’ मा खण्ड ९ थप गर्दै सो व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । संशोधित निर्देशिकामा भनिएको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट हुने खर्चको बढीमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिनेछ ।’

Read More