६ महिनामा पौने तीन खर्बको डिजिटल कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
६ महिनामा पौने तीन खर्बको डिजिटल कारोबार

प्रविधिको विकाससँगै बैकिङ कारोबारमा यसको प्रयोग बढ्न थालेको छ । छिटो र सहज कारोबारका लागि मानिसले डिजिटल माध्यमबाट नै भुक्तानी गर्न थालेका हुन् । चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २ खर्ब ७८ अर्बको डिजिटल कारोबार भएको छ ।

एटिएम कार्ड, कनेक्ट आइपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्युआर बेस पेमेन्ट, पोइन्ट अफ सेल र ई–कमर्समार्फत ३ करोड ५९ लाखपटकमा यस्तो कारोबार भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । 

 कार्डमा अभ्यस्त बन्दै नेपाली
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एटिएम कार्डबाट मात्रै ५८ अर्ब ७६ करोड रुपैयाँ निकालिएको छ । ६ महिनामा सो रकमका लागि ६७ लाख ९० हजार ६ सय ४६ पटक एटिएम प्रयोग भएको छ । त्यस्तै, डेबिट कार्डको ७४ लाख ७८ हजारपटक हुँदा ६१ अर्ब ६० करोडको कारोबार भएको छ । क्रेडिट कार्ड भने १ लाख ५१ हजारपटक प्रयोग गरी ९५ करोड ५ लाखको कारोबार भएको छ । 

Read More